पढ्नै पर्ने
एक समय यस्तो थियो
स्कुल जान एकदमै डर लाग्थ्यो
आज एक्लै एक्लै दुनिया
घुम्ने भइसकियो ।
पैला पैला अंकको लागि पढिन्थ्यो
आज केवल प्यासनको लागि पढिन्छ ।
त्यो बेला सानो गाउँ हुँदा
खुब रोइन्थ्यो
आज मन दुख्दा पनि
आफै आफै सम्हालिन्छ ।
पहिला धेरै समय मित्रहरु संग बिताइन्थ्यो
आज तिनै सार्थीहरु यादमा मात्र सिमित भए
कोहि कता पुगे त कोहि कता
पैला झगडा गर्ने फेरि मिल्ने
दैनिकी जस्तै थियो
आज एक चोटी झगडा हुँदा
नाता सम्बन्ध नै बाँडिन्छ ।
साँचै
जिन्दगीले धेरै कुरा सिकाइदियो
कति छिटो यति ठूलो बनाइदियो
पत्तै पाइएन
अहिले ती अमूल्य क्षणहरु झलझली
याद आइरहेछ ।
0 comments:
Post a Comment